दलबीच गठबन्धन हुनु लोकतान्त्रिक अभ्यास : यादव

हिमाल प्रेस ४ मंसिर २०७९ १४:३७ | Sunday, November 20, 2022
दलबीच गठबन्धन हुनु लोकतान्त्रिक अभ्यास : यादव

मोरङ– जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक दलबीच गठबन्धन हुनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन्। विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने उनले बताएका छन्। मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने उनले बताए। अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट पारे।

प्रकाशित: ४ मंसिर २०७९ १४:३७ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast