दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको जिप इटहरीमा भेटियो

हिमाल प्रेस २१ चैत २०८१ १९:३५
190
SHARES
दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको जिप इटहरीमा भेटियो

इटहरी– काठमाडौँको तीनकुनेबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भाग्न प्रयोग भएको जिप इटहरीमा फेला परेको छ।

गत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका मुख्य नाइकेसमेत रहेका प्रसाईँ भाग्न प्रयोग भएको जिप इटहरीमा फेला परेको हो।

बागमती बीएबी ४२०८ नम्बरको जिप इटहरीमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिए पनि पहिचान भने गोप्य राखेको छ। जिपलाई काठमाडौँबाट आएको प्रहरी टोलीले फेला पारी काठमाडौँ नै लगेको जनाइएको छ।

यो जिपमा प्रसाईँ सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रकाशित: २१ चैत २०८१ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast