 
                             
                                            काठमाडौँ- फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ।
विसं २०६६ साउन १ मा जन्मिएका केसीको मंगलबार (चैत १९ गते) निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए।
फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रिन सिटी अस्पताल, काठमाडौं ल्याइएको थियो।
अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो। फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो।
                            प्रकाशित: १९ चैत  २०८१ २०:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 