सुन प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

हिमाल प्रेस १८ चैत २०८१ १२:३२ | Monday, March 31, 2025
सुन प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढ्दै गएको सुनको मूल्य आज पनि उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ जसले अघिल्लो रेकर्डभन्दा १,१०० रुपैयाँको वृद्धि देखाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भई १,९३५ रुपैयाँ प्रतितोला पुगेको छ। आइतबार चाँदी प्रतितोला १,९२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १८ चैत २०८१ १२:३२ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast