कञ्चनपुर- कञ्चनपुरस्थित सडक डिभिजन कार्यालयले पूर्व-पश्चिम राजमार्गको खाल्डाखुल्डी मर्मत र स्तरोन्नति कार्य सुरु गरेको छ।
बेदकोट नगरपालिकाको दैजीदेखि अत्तरिया, कैलालीसम्मको ३४ किलोमिटर सडक मर्मतका लागि ६९ लाख २९ हजारको बजेटमा ठेक्का सम्झौता भएको छ।
ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्नुपर्ने लक्ष्य राखिएको छ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने, ‘खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढिरहेको थियो, त्यसैले सवारीसाधनको सहजता र यात्राको सुरक्षा सुनिश्चित गर्न मर्मत कार्य सुरु गरेका छौँ।’
प्रकाशित: १६ चैत २०८१ १८:४१ | Saturday, March 29, 2025
प्रतिक्रिया




