नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
लुम्बिनी- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको पक्षमा एकजुट हुन आग्रह गरेका छन्।
लुम्बिनीमा आज आयोजित नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए।
सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे। पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गर्दै देउवाले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने बताए।
प्रकाशित: १६ चैत २०८१ १७:५३ | Saturday, March 29, 2025
प्रतिक्रिया



