हसन अभिनीत ‘वन अफ द मिलियन्स’ को छायांकन सकियो

हिमाल प्रेस १५ चैत २०८१ १७:२९ | Friday, March 28, 2025
हसन अभिनीत ‘वन अफ द मिलियन्स’ को छायांकन सकियो

काठमाडौँ- अभिनेता हसनराजा खान अभिनीत फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ। फिल्मका निर्देशक विशाल सापकोटा हुन्।

एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथामा आधारित छ। अवैध बाटो हुँदै घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा फिल्म बनेको निर्माणपक्षले बताएको छ।

हसनसहित फिल्ममा सुवास थापा र अन्य २० जना अमेरिकामा नै रहेका कलाकारले अभिनय गरेका छन्। रामेश्वर कार्कीले छायांकन गरेको फिल्मले दर्शकको मन जित्ने टिमको विश्वास छ। फिल्मलाई विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने र पछि नेपालमा प्रदर्शन गर्ने टिमले जनाएको छ।

हसनलेले ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। साथै सन् २००९ मा काठमाडौँमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका थिए। सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव-नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै फिल्म ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए।

‘रोमियो’ पछि यो उनको तेस्रो फिल्म हो। यसबाट पनि दर्शकहरुले साथ दिने हसनको विश्वास छ।

प्रकाशित: १५ चैत २०८१ १७:२९ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast