नायिका केकी अधिकारी भन्छिन्- देशमा वाद या व्यवस्था होइन, जिम्मेवारी पूरा गरे पुग्छ

हिमाल प्रेस १५ चैत २०८१ ७:२३ | Friday, March 28, 2025
नायिका केकी अधिकारी भन्छिन्- देशमा वाद या व्यवस्था होइन, जिम्मेवारी पूरा गरे पुग्छ

काठमाडौँ- नायिका केकी अधिकारीले देशमा वाद या व्यवस्था होइन सबैले जिम्मेवारी पूरा गरे पुग्ने बताएकी छन्।

नारायण गाउँलेको समसामयिक भनाइ सेअर गर्दै आज फेसबुक स्टाटसमा आफ्नो धारणा भनिन्,‘देशमा चाहिएको वाद या व्यवस्था होइन! थोरै सिर्जनशीलता, थोरै आशा, थोरै उत्साह, थोरै सकारात्मकता, थोरै ईमान, थोरै कूटनीति र थोरै दूरदृष्टि हो!’

उनको भनाइमा हामीले बाँचेको औसत जीवन विश्वभर यस्तै हो। चाहिएको ओठमा हाँसो र पाखुरामा ऊर्जा हो। नायिका अधिकारीले भनिन्,‘सबैले आफ्नो काँधको जिम्मेवारी अलिकति मात्रै पूरा गरे पनि पुग्छ।’ उनका अनुसार समाजमा ठूलो परिवर्तन ल्याउनको लागि सबैले आफ्ना जिम्मेवारीलाई थोरै मात्र पनि पूरा गरे पुग्नेछ।

प्रकाशित: १५ चैत २०८१ ७:२३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast