प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट मात्र सुशासन र विकास सम्भव : डा. भट्टराई

हिमाल प्रेस १४ चैत २०८१ १३:३१
24
SHARES
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट मात्र सुशासन र विकास सम्भव : डा. भट्टराई

दाङ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताए।

संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए।

‘रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ। २०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन। त्यसैले जनतामा निराशा बढेको हो’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति केन्द्रमा, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा र पूर्ण समानुपाति तर प्रत्यक्ष संसद् र प्रदेशसभा बनाउनुपर्छ। राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरूलाई लिएर मन्त्रीपरिषद् चलाउँछ। त्यसले भ्रष्टाचार रोक्छ। सुशासन कायम गर्छ। छिटो विकास समृद्धि आउँछ। पूर्ण समानुपातिक व्यवस्थापिका संसद्, प्रदेशसभा हुन्छ त्यसले राम्रा ऐन कानुन बनाउँछ, सरकारलाई पनि नियमन र नियन्त्रणमा राख्छ। यो तरिका ठिक हुन्छ भन्ने फेरि पुष्टि भएको छ।’

प्रकाशित: १४ चैत २०८१ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast