तनहुँ : आठ महिनामा आठ अर्ब बढी राजस्व असुली

हिमाल प्रेस १४ चैत २०८१ ७:२० | Thursday, March 27, 2025
तनहुँ : आठ महिनामा आठ अर्ब बढी राजस्व असुली

तनहुँ- तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ राजस्व असुली गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।

कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्। यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी-व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।

प्रकाशित: १४ चैत २०८१ ७:२० | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast