लक्ष्मी स्टील्समा एनआईबीएल इक्विटी पार्टनर्सका लगानी

हिमाल प्रेस १३ चैत २०८१ १९:५७ | Wednesday, March 26, 2025
लक्ष्मी स्टील्समा एनआईबीएल इक्विटी पार्टनर्सका लगानी

काठमाडौँ- एनआइएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा एनआईएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमलकुमार सावरथियाले हस्ताक्षर गरेका हुन्। यो साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन मद्त पुर्-याउने दुवै पक्षले विश्वास लिएको छ।

सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रूपमा रहेको छ। यो सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा थप योगदान पु¥याउन सफल हुने कम्पनीको विश्वास रहेको छ।

एनआईबीएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। उनले एनआईबीएल पाटनर्स आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

लगानीसँगै आफूहरू लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्त गर्ने उद्देश्य राखेको बताए।

त्यस्तै लक्ष्मी स्टील्सका निर्देशक विमलकुमार सावरथियाले एनआईबीएल इक्विटी पार्टनरसँगको यो साझेदारी आफूहरूका लागि सुनौलो अवसर रहेको बताए। लक्ष्मी स्टील्सको विशेषज्ञता र पुँजीले कम्पनीको क्ष्मता विस्तार र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्त गर्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: १३ चैत २०८१ १९:५७ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast