ओली भन्छन्- कुलमानका विषयमा जवाफ दिन आवश्यक छैन

हिमाल प्रेस १३ चैत २०८१ १६:३७ | Wednesday, March 26, 2025
ओली भन्छन्- कुलमानका विषयमा जवाफ दिन आवश्यक छैन प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताएका हुन्।

एकजनालाई हटाएर अर्को लाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले अरूलाई सहयोग हुने गरी जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए। उनले हल्का र उत्ताउलो नहुन विपक्षी दललाई सुझाव दिएका छन्।

प्रधानमन्त्रीका सवालमा जथाभाबी नबोल्न चेतावनी दिँदै ओलीले विपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे। त्यस्तै ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताए।

एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिएका छन्।

प्रकाशित: १३ चैत २०८१ १६:३७ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast