विद्यार्थीले जलाए ऊर्जामन्त्रीको पुतला

हिमाल प्रेस १२ चैत २०८१ १३:०१ | Tuesday, March 25, 2025
विद्यार्थीले जलाए ऊर्जामन्त्रीको पुतला

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा विद्यार्थीले ऊर्जामन्त्री दीपक खड्काको पुतला दहन गरेका छन्।

कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँको प्रदर्शनीमार्गस्थीत विश्वभाषा क्याम्पसअगाडि ऊर्जामन्त्रीको पुतला जलाएका हुन्।

ऊर्जामन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेर निभाएको थियो। प्रदर्शनका क्रममा विद्यार्थीले ऊर्जामन्त्रीको राजीनामासमेत माग गरेका छन्।

अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले कुलमान घिसिङले ऊर्जा बिकासमा गरेको कामप्रति समर्थन रहेको भन्दै उनलाई हटाउने कामको विरोध गरे। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १२ चैत २०८१ १३:०१ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast