निफमा पहिलो पटक रसियन फिल्म

हिमाल प्रेस ९ चैत २०८१ १८:२८ | Saturday, March 22, 2025
निफमा पहिलो पटक रसियन फिल्म

काठमाडौँ– रोस्किनोले मार्च २० देखि २४ सम्म नेपालले अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ।

शनिवार काठमाडौँको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो। रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ। प्रदर्शन भएका चलचित्रहरुमा चार चौथाई, न्युरेम्बर्ग र हामी तीन जना चलचित्रहरू प्रदर्शन गरिएको छ।

निफका अध्यक्ष केपी पाठकले, निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाएकोमा खुशी व्यक्त गरे। उनले विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपालीसहित विश्वमाझ देखाउन चाहने बताए। उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए।

रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले, ‘नेपाली दर्शकहरूले रसियाको बारेमा र रसियाको चलचित्रबारे देखाउनु भएको उत्साह सरहनीय भएको’ बताए।

उनले रसियन एम्बेसी र रोस्किनोको सहकार्यमा निफले शुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजेको बताए।

निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र न्युरेम्बर्ग, एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाई, हामी तीन जना निर्देशित चलचित्र एलेकजेन्ड्रा सह्राना २०२१ मा निर्देशन गरिएको हो।

प्रकाशित: ९ चैत २०८१ १८:२८ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast