हलमा लाग्याे ‘द्रौपदी’ र ‘११ः५५’

हिमाल प्रेस ८ चैत २०८१ १२:१४ | Friday, March 21, 2025
हलमा लाग्याे ‘द्रौपदी’ र ‘११ः५५’

काठमाडौँ- चैत ८ अर्थात् आज बिहानदेखि हलमा दुई नेपाली फिल्म ‘द्राैपदी’ र ‘११ः ५५’ प्रदर्शन भइरहेको छ।

ऋषिराज आचार्य निर्देशित फिल्म हो ‘द्रोपदी’। फिल्ममा बहुपति प्रथा तोडिनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। महिलाको कथामा बनेको फिल्ममा निर्देशक आचार्य नै मुख्य भूमिकामा छन्।

साथै फिल्ममा आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायत कलाकारकोअभिनय छ। रवि र आश्विनीले यही फिल्मबाट डेब्यु गरेका हुन्।

त्यस्तै केशव पाण्डे निर्देशित फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) मा स्वार्थपन प्रवृति भएका मानिसको कथामा आधारित छ। फिल्ममा लभ, रोमान्स, धोका र बदलाको केमेस्ट्री देखाइएको छ।

फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ। फिल्म निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखनमा बनेको छ। यो सँगै हलमा ‘अञ्जिला’, आउट लः दफा २१९’, ‘होस्टेल ३’लगायत नेपाली फिल्म चलिरहेको छ।

प्रकाशित: ८ चैत २०८१ १२:१४ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast