गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदैछ : प्रधानमन्त्री

हिमाल प्रेस ७ चैत २०८१ १३:२० | Thursday, March 20, 2025
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदैछ : प्रधानमन्त्री

काठमाडौँ- सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्‍चालनका लागि सम्बद्ध निकायसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै यस्तो जानकारी दिएका हुन्।

ओलीले भने, ‘यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याइएको छ।’ ओलीका अनुसार अलजजिरा, फ्लाई दुबई, एयर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गरिरहेका छन्।

श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए। ‘अध्यागमन, मुद्रा सटहीलगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने गरी काम भइरहेको छ’, ओलीले भने।

प्रकाशित: ७ चैत २०८१ १३:२० | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast