पोखरामा वाडा अटो शो हुने

हिमाल प्रेस ६ चैत २०८१ २१:२४
8
SHARES
पोखरामा वाडा अटो शो हुने

पोखरा- पोखरामा ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो–२०२५’ हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले यही १४ देखि १७ चैतसम्म पोखरा अमरसिंह खेलकुद मैदानमा उक्त प्रदर्शनी गर्न लागेको हो।

सवारीसाधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारीधनी, सम्भावित ग्राहक एवं सर्वसाधारणको रुचि बढिरहेको अवस्थामा पोखरामा पहिलोपल्ट हुन लागेको उक्त कार्यक्रमले निकै महत्त्व राख्ने संस्थाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए।

बुधबार पत्रकार सम्मेलनमा अटो शोका संयोजक एवं वडा वाडा उपाध्यक्ष नीरन केसीले यस प्रदर्शनीले स्थानीयरुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्या पहिचान गरी समाधानका विकल्प खोज्ने साझा थलो बत्र सक्ने बताए।

नयाँ सवारीसाधनका मोडल, आधुनिक प्रविधि तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकैथलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शोमा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

प्रदर्शनीमा कुल ४० स्टल रहने छन्। १९ ब्राण्डका चारपाङ्ग्रे गाडी, ८ कमर्सियल ब्राण्डका गाडी, ८ दुईपाङ्ग्रे, मोबिल, टायर, पार्टस्, वर्क शप उपकरण, अन्य एसेसरिज तथा वित्तीय संस्थाका समेतका स्टल रहने छन्।

यस्तै प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारीसाधन सुरक्षासम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालनासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने छ।

प्रदर्शनीमा टोयोटा, ओमोडा, अथर, बजाज, बिवाईडी, सिट्रोन, दीपल, डोङफेन, हाइगर, हुण्डाई, कामा, किया, नामी, न्यू गोनो, निशान, स्काइवेल, टाटा, टिभिएस, यामाहा, महिन्द्राजस्ता प्रख्यात ब्राण्डहरूका सवारीसाधनको सहभागिता रहने छ।

प्रदर्शनीको प्रचारका लागि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, एनवाईइएफ पोखरा र जोन्टा क्लब अफ पोखराको संयुक्त आयोजनामा ९ चैतमा पोखरा रंगशालादेखि अमरसिंह मैदानसम्म मोटरर्‍याली हुनेछ।

चार दिनसम्म चल्ने प्रदर्शनीको ३५ हजार जनाले अवलोकन गर्ने अनुमान छ। दर्शकलाई टिकट गोलाप्रथा आधारमा बन्दीपुर केबलकारको टिकट प्राप्त गर्न सक्ने अटो शो प्रचारप्रसार समिति संयोजक एवं संस्थाका महासचिव विनय थापाले बताए।यसैबीच, प्रदर्शनी अवसरमा पोखरा लायन्स क्लब सहयोगमा १५ चैतमा प्रदर्शनी परिसरभित्र रक्तदान कार्यक्रमसमेत हुनेछ।

प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक छन्। पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा अमरसिंह मावि सहयोगी संस्थालगायत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast