नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा

हिमाल प्रेस ६ चैत २०८१ १८:५२ | Wednesday, March 19, 2025
नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा

डुम्रे (तनहुँ)- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज (बुधबार) दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए।

उनले भने, ‘आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ। जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ।’

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि संगठनले गर्न नसक्ने उनको भनाइ छ। ‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,’ महामन्त्री थापाले भने।

प्रकाशित: ६ चैत २०८१ १८:५२ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast