कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस ६ चैत २०८१ ११:४७ | Wednesday, March 19, 2025
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते, आइतबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी सूचनामा बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य रहेको उल्लेख गरिएको छ।

बैठकमा पार्टीका महत्वपूर्ण विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ चैत २०८१ ११:४७ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast