घट्यो आलुको मूल्य

हिमाल प्रेस ५ चैत २०८१ ११:४२ | Tuesday, March 18, 2025
घट्यो आलुको मूल्य

काठमाडौँ- बजारमा आलुको मूल्य घटेको छ। आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको कालीमाटीका होलसेल व्यवसायी दधिराज उप्रेतीले जानकारी दिए।

‘आलु अन्य तरकारी जस्तो धेरै घट्ने होइन। प्रतिकिलो दुईरतीन रुपैयाँले घट्दै जाने हो,’ उनले भने। उनका अनुसार आलुको मूल्य घट्न थालेको दुई/तीन महिना भयो। उक्त समयमा बजारमा आलु प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रुपैयाँ थियो। अहिले घटेर न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँमा आएको छ।

अहिले आलुको मुख्य सिजन हो। यो समयमा आन्तरिक उत्पादन बढ्नुका साथै भारतीय आलु पनि भित्रिरहेको छ। अहिलेको उत्पादन भएको आलु कलिलो हुने भएकाले कोल्डस्टोरमा राख्न मिल्दैन। त्यसैले सस्तो मूल्यमै पनि किसान आलु बेच्न तयार हुन्छन्।

व्यवसायी दधिराजका अुनसार बजारमा आलु रातो, सेतो र नीलो गरी तीन प्रकारका आउँछन्।बजारमा रातो आलु प्रतिथोक मूल्य ३० देखि ३५, नीलो आलु २८ देखि २९ र सेतो आलु २५ देखि २६ रूपैयाँमा कारोबार भइरहेको छ।

यो महिनाभरी आलु सस्तो हुनेछ भने वैशाख लागेपछि मूल्य बढ्दै जानेछ। हाल कालीमाटी बजारमा पाँचखाल, पनौती र त्रिशुलीको आलु बढी आउने गरेको छ।

प्रकाशित: ५ चैत २०८१ ११:४२ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast