रत्नपुरमा शीत भण्डार बनेपछि आलु किसानलाई राहत

हिमाल प्रेस २५ साउन २०८३ १०:५८ | Monday, August 10, 2026
16
SHARES
रत्नपुरमा शीत भण्डार बनेपछि आलु किसानलाई राहत

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ। गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा शीत भण्डार निर्माण गरिएको हो।

सुरुमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको मात्रै निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले बताए।

व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन्। यसअघि आलु भण्डारण गर्न भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म लैजानुपर्ने बाध्यता थियो।

ती स्थानमा एक बोरा आलु पुर्‍याउँदा किसानले रु ५०० सम्म खर्च गर्नुपर्ने अवस्था रहेकोमा स्थानीयस्तरमै शीत भण्डार बनेपछि उक्त खर्चसमेत जोगिने भएको छ।

प्रकाशित: २५ साउन २०८३ १०:५८ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast