उम्मेदवारको लिष्टमा रेजा लाउने ठाउँ नहुँदा पीएन कलेजमा बिथोलियो स्ववियु निर्वाचन

हिमाल प्रेस ५ चैत २०८१ ११:०३ | Tuesday, March 18, 2025
उम्मेदवारको लिष्टमा रेजा लाउने ठाउँ नहुँदा पीएन कलेजमा बिथोलियो स्ववियु निर्वाचन

पोखरा- अध्यक्षका उम्मेदवारलाई मत हाल्ने ठाउँ स्पष्ट नभएको विवाद निस्किएपछि पृथ्वीनारायण क्याम्पस (पीएन) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव बिथोलिएको छ।

मतपत्रमा राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंबाट अध्यक्षका उम्मेदवार मिलन सुनारको नाम उल्लेख भएपनि रेजा लगाउने ठाउँ नभएको भन्दै विवाद उत्पन्न भएको हो।

बिहान ८ बजेदेखि निर्धारित मतदान ११ बजिसक्दा समेत सुरु नहुँदा विद्यार्थीले पोखरा बगरस्थित क्याम्पस गेट अगाडि नाराबाजी गरेका छन्। समाधानका लागि निर्वाचन समितिको बैठक बसेको छ। यहाँ स्वतन्त्र सहित ८ जना अध्यक्षका उम्मेदवार छन्।

२१ सदस्यीय बन्ने स्ववियुको समितिमा १० जना समानुपातिकबाट निर्वाचित हुन्छन्। समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव बन्छन्।

यहाँ झन्डै ८ हजार मतदाता छन्।

प्रकाशित: ५ चैत २०८१ ११:०३ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast