४१ मुलुकका नागरिकलाई भिसामाथि रोक लगाउने अमेरिकाको तयारी

हिमाल प्रेस ३ चैत २०८१ १४:५९ | Sunday, March 16, 2025
४१ मुलुकका नागरिकलाई भिसामाथि रोक लगाउने अमेरिकाको तयारी डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकलाई आफ्नो राष्ट्रको यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ। समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले यस्तो जनाएको हो।

ट्रम्प प्रशासनले अमेरिका यात्रामा प्रतिबन्ध लगाउन ४१ देशको सूची तयार पारेको हो। ती देशहरूलाई तीन समूहमा बाँडिएको छ।

अमेरिकाको यात्रामाथि प्रतिबन्ध लगाइने पहिलो समूहमा दश मुुलुक समावेश गरिएका छन्। जसमध्ये ईरान, सिरिया, क्युबा र उत्तर कोरियालगायतका मुलुकहरू रहेका छन्। यी मुलुकका नागरिकलाई भिसामाथि पूर्ण रोक लगाइने बताइएको छ।

दोस्रो समूहमा पाँच मुलुक रहेका छन्। जसमा इरिट्रिया, हेती, लाओस, म्यानमार र दक्षिण सुडान रहेका छन्। यी मुलुकहरूले भिसाका लागि आंशिक निलम्बनको सामना गर्नुपर्ने छ। यसको प्रभाव पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसामाथि पर्ने जनाइएको छ।

तेस्रो समूहमा कुल २६ मुलुक सामेल छन्। जसमा बेलारूस, पाकिस्तान, तुर्कमेनिस्तानलगायतका मुलुकहरू रहेका छन्।

एक अमेरिकी अधिकारीका अनुसार यो सूची परिवर्तन हुन सक्नेछ। यो सूचीलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रूबियाको तर्फबाट अनुमोदन हुन बाँकी रहेको छ।

प्रकाशित: ३ चैत २०८१ १४:५९ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast