प्रचण्डले भने : दरबार हत्याकाण्डको छानबिन गर्नैपर्छ

हिमाल प्रेस ३ चैत २०८१ ७:१३ | Sunday, March 16, 2025
प्रचण्डले भने : दरबार हत्याकाण्डको छानबिन गर्नैपर्छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन आवश्यक रहेको बताएका छन्।

समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले हिजो जे बोलेको छु, त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो। दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ। पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ। मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ। अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ।’

आफूले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको प्रचण्डको भनाइ छ ।

प्रकाशित: ३ चैत २०८१ ७:१३ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast