नुहाउने क्रममा बेपत्ता दुई जनाको शव फेला

हिमाल प्रेस १ चैत २०८१ २०:२३ | Friday, March 14, 2025
नुहाउने क्रममा बेपत्ता दुई जनाको शव फेला प्रतीकात्मक तस्बिर।

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका-१९, बाइसघरस्थित मोहना नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा नुहाउने क्रममा बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फूलबारीबाट उनीहरूको खोजी कार्यका लागि टोली खटिएको थियो।

ओझाको शव डुबेकै स्थानमा फेला परेको थियो भने बोहराको शव डुबेको स्थानभन्दा केही तल फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १ चैत २०८१ २०:२३ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast