काठमाडौँमा हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन सुरु

हिमाल प्रेस १ चैत २०८१ १६:०५ | Friday, March 14, 2025
काठमाडौँमा हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन सुरु

काठमाडौँ- हिमवत्‌खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन शुक्रबार काठमाडौँमा सुरु भएको छ। हिमवत्‌खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता तथा ज्ञानपरम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले सम्मिलन आयोजना गरेको हो।

सम्मिलन उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। पूर्वराष्ट्रपति भण्डारीले कला साहित्य र संस्कृतिबाट बारेमा गरिने अन्तक्रियाबाट हिमवत्‌खण्डको गरिमालाई उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको अवस्थामा राष्ट्रियता पनि भूगोलको सीमाभित्र नरहेको भन्दै उनले विश्वको जुनसुकै अवस्था रहेका नेपाली भाषी समुदायलाई साझा संस्कृतिले भावनाको एकताले जोडिरहेको बताइन्।

हिमवत्‌खण्डका साझा चुनौती सामना गर्न वातावरणीय संरक्षण, जलस्रोत व्यवस्थापन, हरित ऊर्जा प्रवद्र्धन तथा स्थानीय समुदायलाई जलवायु परिवर्तन अनुकूलन रणनीतिमा सहभागी गराउनुपर्ने उनले बताए।

सम्मिलनका क्रममा हिमवतखण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्धनमा जोड दिइने प्रतिष्ठानले जनाएको छ। तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डबाट आएका प्रतिनिधिहरुबाट लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १ चैत २०८१ १६:०५ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast