आश्रम भवनका लागि हरिवन महायज्ञबाट उठ्यो २ करोड ७६ लाख

हिमाल प्रेस १ चैत २०८१ १३:३८ | Friday, March 14, 2025
आश्रम भवनका लागि हरिवन महायज्ञबाट उठ्यो २ करोड ७६ लाख

सर्लाही- हरिवन नगरपालिकामा आयोजित महायज्ञबाट २ करोड ७६ लाख संकलन भएको छ। यस रकमलाई मानवसेवा आश्रमको भवन निर्माणका लागि प्रयोग गरिने बताइएको छ।

हरिवन नगरपालिका-९, दनुुवारीमा फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो। महायज्ञका मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार मात्र ४२ लाख रकम सहयोगका रूपमा संकलन भएको थियो।

दनुवारीमा रहेको मानवसेवा आश्रमको भवन अधुरो रहेको छ र उक्त भवन निर्माणको लागि ११ करोड आवश्यक परेको संयोजक थापाले जानकारी दिएका छन्। यसअघि, आश्रमले हरिवन–११ मा महायज्ञ आयोजना गरेर पनि रकम संकलन गरेको थियो।

महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाखको सहयोग गरेको छ। यसका अलावा, जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक संघसंस्था र व्यक्तिगत रूपमा पनि सहयोग प्राप्त भएको संयोजक थापाले बताए।

सर्लाहीमा आफ्नै भवन नहुँदा, हरिवन–१, कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ जहाँ हाल ६० जनालाई आश्रय दिइएको छ।

प्रकाशित: १ चैत २०८१ १३:३८ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast