युरोपा लिग : युनाइटेड र टोटनहम क्वाटरफाइनलमा

हिमाल प्रेस १ चैत २०८१ ८:०४
10
SHARES
युरोपा लिग : युनाइटेड र टोटनहम क्वाटरफाइनलमा

काठमाडौँ- म्यानचेस्टर युनाइटेड र टोटनहमले बिहीबार युरोपा लिगको क्वाटरफाइनल यात्रा तय गरेका छन्। युनाइटेडले ओल्ड ट्रायफोर्डमा भएको दोस्रो लिगको अन्तिम १६ को खेलमा रियल सोसिडाडलाई ४-१ ले हराउँदै समग्रमा ५-२ को अग्रता लियो। यस खेलमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे।

टोटनहमले लन्डनमा एजेड आख्मरलाई ३-१ ले पराजित गर्‍याे र समग्रमा ३-२ को अग्रता राख्दै क्वाटरफाइनलमा स्थान बनायो। टोटनहमको जितमा विल्सन ओडोबर्टले दुई गोल गरे। यस्तै, लियोनले एफसीएसबीलाई ४-० ले हराएर समग्रमा ७-१ को फराकिलो अग्रता लियो। रेन्जर्स भने फेनाबासेसँग २-० ले पराजित भए पनि समग्रमा ३-२ को अग्रता कायम राख्न सफल रहे।

क्वाटरफाइनल पुग्न अन्य क्लबहरूमा एथलेटिको बिलबाओले एएस रोमालाई ३-१, एन्ट्राख्ट फ्रायन्फर्टले आयाक्सलाई ४-१ र ओलम्पियाकाजेले बोडोएलाई २-१ ले हराए। लाजियोले भिक्टोरिया प्लाजेनसँग १-१ को बराबरी खेल्यो।

प्रकाशित: १ चैत २०८१ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast