तराई मधेशमा आज होली

हिमाल प्रेस १ चैत २०८१ ६:३२ | Friday, March 14, 2025
तराई मधेशमा आज होली

नवलपरासी- आज तराई मधेशका विभिन्न जिल्लामा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। नवलपरासी, चितवन, झापा, मोरङ, सप्तरी, सिराहा, उदयपुर, महोत्तरी, रुपन्देही, दाङ, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा होली मनाइँदै छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा थारु समुदाय विशेष रूपमा होली मनाउँछन् जसले समानता र सद्भावको सन्देश दिन्छ। पण्डित बुद्धिसागर भण्डारीका अनुसार होली असत्यमाथि सत्यको विजयको प्रतीक हो।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो पर्व रसरंग, नाचगान र भ्रातृत्व भावना बढाउने पर्व हो।

नवलपरासीमा होलीलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा योजना लागू गरिएको छ। प्रहरी उपरीक्षक यादव ढकालले सार्वजनिक रूपमा रङ नहाल्न, मादक पदार्थ सेवन नगर्न र ट्राफिक नियमको पालना गर्न अनुरोध गरे।

प्रकाशित: १ चैत २०८१ ६:३२ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast