पखालियो भीमसेनको लिंग

हिमाल प्रेस १ चैत २०८१ ६:०२ | Friday, March 14, 2025
पखालियो भीमसेनको लिंग

भक्तपुर- फागुन शुक्ल अष्टमीदेखि सुरु भएको होली पर्व भक्तपुरमा एक सातासम्म सांगीतिक रमझमका साथ मनाएर बिदाइ गरिएको छ। भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर यौनभाव झल्किने पारम्परिक गीत गाएर पर्वको समापन गरेका हुन्।

यो पर्वको विशेषता भीमसेनको लिंग र द्रौपतीको प्रतीकात्मक योनी झुन्ड्याउने परम्परा हो जसलाई बिहीबार नै ब्रम्हायणी मन्दिरस्थित खोलामा पखालेर विधिवत रूपमा विसर्जन गरिएको छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरमा ‘चिर स्वायगू’ अर्थात् लिंग घुमाएर होली पर्व सुरु गर्ने परम्परा छ। स्थानीय व्यापारी माइलाराम श्रेष्ठका अनुसार लिंगलाई ढोग्दा र दान गर्दा व्यापार फस्टाउने विश्वास रहिआएको छ।

फागु पूर्णिमाका दिन लिंगलाई ब्रम्हायणी मन्दिरस्थित खोलामा पखालेर पुनः मन्दिरमा राखेपछि पर्वको समापन गरिन्छ। स्थानीय जनविश्वास अनुसार छोरा जन्मने विश्वासले लिंग बोक्न चाहनेको प्रतिस्पर्धा समेत हुने गर्दछ।

प्रकाशित: १ चैत २०८१ ६:०२ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast