फाइल तस्बिर
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो।
महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ।
ज्ञानेन्द्र पोखराबाट फर्कदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्याली गरिएको थियो।

प्रकाशित: २६ फागुन २०८१ ६:३४ | Monday, March 10, 2025
प्रतिक्रिया




