बर्दिवासमा जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

हिमाल प्रेस २५ फागुन २०८१ १५:२८
12
SHARES
बर्दिवासमा जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु जनमत पार्टीको केन्द्रीय समिति बैठक

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिवासमा सुरू भएको छ।

बर्दिवासस्थित पावन मिथिला पार्टी प्यासेलमा आइतबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको हो। बैठक दुई दिनसम्म चल्ने छ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरणलगायतका विषयमा बैठकमा छलफल हुनेछ।

उनले संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र संघीयता कार्यान्वयनलगायतका विषय छलफलको एजेण्डा रहेको जानकारी दिए।

पछिल्लो समय जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेका नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ। दुवै पार्टीबीच एकताको तयारी अन्तिम चरणमा रहेको बताइएको छ।

प्रकाशित: २५ फागुन २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast