अध्यादेश पारित गर्न एमाले र कांग्रेसद्वारा सांसदहरूलाई ह्विप

हिमाल प्रेस २० फागुन २०८१ १५:५८
46
SHARES
अध्यादेश पारित गर्न एमाले र कांग्रेसद्वारा सांसदहरूलाई ह्विप

काठमाडौँ- प्रमुख सत्तारूढ दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

बुधबारको बैठकमा सरकारले पाँच अध्यादेश पेस गर्ने भएकाले सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न ह्विप जारी गरिएको हो। सत्ता साझेदार नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूका लागि ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाद्वारा जारी सन्देशमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको एक सांसदले बताए।

यसअघि, सरकारद्वारा जारी ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम अभावका कारण पेस हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँगको छलफलपछि बुधबारको बैठकमा भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश पेस गरिने तयारी छ।

सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ, ‘माननीय सदस्यहरू, भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गरिने भएकाले अनिवार्य उपस्थित हुन अनुरोध छ।’

प्रकाशित: २० फागुन २०८१ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast