
काठमाडौँ- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेड आइतबार एफएकपबाट बाहिरिएको छ। पाँचौं चरणको खेलमा फुलहमले युनाइटेडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्यो। निर्धारित समयको खेल १–१ को बराबरीमा रह्यो।
ओल्ड ट्रायफोर्डमा भएको यस संघर्षमा फुलहमका गोलरक्षक बर्न लेनो नायक बने। उनले युनाइटेडका दुई पेनाल्टी बचाएर आफ्नो टोलीलाई जित दिलाए। यससँगै युनाइटेडको खराब लय जारी रह्यो र यो पराजय उनले पाएको अर्को ठूलो धक्का बन्यो। यसअघि अर्को खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई २–१ ले हरायो।
अब प्रतियोगिताको अन्तिम आठको समीकरण पनि पूरा भएको छ। यसअनुसार अब फुलहमले क्रिस्टल प्यालेससँग खेल्ने छ। प्रेस्टनले एस्टन भिल्ला, बर्नमाउथले म्यानचेस्टर सिटी र ब्राइटनले नटिङघम फरेस्ट वा इपस्विच टाउनको सामना गर्नेछन्।
प्रकाशित: १९ फागुन २०८१ ८:३२
प्रतिक्रिया