काठमाडौँका यी स्थानमा जाँदैछ बत्ती

हिमाल प्रेस १७ फागुन २०८१ ६:२९
4
SHARES
काठमाडौँका यी स्थानमा जाँदैछ बत्ती प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुंगलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचना प्रकाशित गरेर बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ। तोकिएको कार्य समय अगावै पूरा भए निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले समेत बेलुकीसम्मै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।

प्रकाशित: १७ फागुन २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast