भूमि अध्यादेश जबरजस्ती पारित गर्न खोजिए आन्दोलनमा उत्रिने उपेन्द्रको चेतावनी

हिमाल प्रेस १६ फागुन २०८१ १८:२४ | Friday, February 28, 2025
भूमि अध्यादेश जबरजस्ती पारित गर्न खोजिए आन्दोलनमा उत्रिने उपेन्द्रको चेतावनी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश जबरजस्ती पारित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जसपा नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सांसद खरिद बिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गरिए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश देशको हितमा नरहेको बताए। उनले भने,‘यो अध्यादेश देशहितमा छैन। जबरजस्ती वा सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गरिए हामी जनतामाझ जान्छौँ। आन्दोलनको बाटो समात्छौँ।’

उनले भूमि अध्यादेश ल्याउन र पारित गराउन पैसाको ठूलो चलखेल भएको दाबी गरे। वन विनाश गरेर देशलाई मरुभूमिकरण गर्ने कानुन कुनै पनि हालतमा स्वीकार्य नहुने यादवले उल्लेख गरे।

अध्यक्ष यादवले सुकुम्बासीको नाममा भूमाफिया, रियलस्टेट र आफन्तहरूलाई जग्गा बाँड्ने उद्देश्यले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको दाबी गरे।

‘यो अध्यादेशले सुकुम्बासीको समस्या हल गर्दैन। भूमाफिया, रियलस्टेट र आफन्तलाई जग्गा बाँड्न अध्यादेश ल्याइएको छ,’ उनले भने,‘देश र जनताको हितविपरित आएको अध्यादेश कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

प्रकाशित: १६ फागुन २०८१ १८:२४ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast