भद्रपुरझापा गोल्डकप उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा-११ भिड्दै

हिमाल प्रेस १६ फागुन २०८१ ७:३६
18
SHARES
भद्रपुरझापा गोल्डकप उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा-११ भिड्दै

झापा- दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रंगशालामा प्रतिस्पर्धा हुँदैछ।

झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो। बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो।

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टोली सहभागी थिए। विजेता टोलीलाई १३ लाख तथा उपविजेतालाई सात लाख नगद प्रदान गरिनेछ।

प्रकाशित: १६ फागुन २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast