सुत्दा कता सिरानी बनाएर सुत्ने? यस्तो छ वास्तु मान्यता

हिमाल प्रेस १५ फागुन २०८१ ७:०९ | Thursday, February 27, 2025
सुत्दा कता सिरानी बनाएर सुत्ने? यस्तो छ वास्तु मान्यता

वास्तुशास्त्र अनुसार पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ । उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुनुका साथै दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने हुन्छ।

पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुने भनिएको छ। वैज्ञानिक पक्ष अनुसार पृथ्वीमा चुम्बकीय तत्त्वको प्रभाव हुन्छ। यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ ।

जसका कारण दक्षिणतर्फ शिर राखेर सुत्दा यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन् । फलस्वरूप बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन् ।

तर, उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ । ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ । यसको साइड इफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ । यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्न सक्छ ।

पूर्वी दिशामा सिरानी बनाएर सुत्दा यसले स्वास्थ्य एवम् मानसिकतामा राम्रो प्रभाव पार्छ । जसमा सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो मानिँदैन ।

प्रकाशित: १५ फागुन २०८१ ७:०९ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast