हरहर महादेव! (तस्बिरहरू)

हिमाल प्रेस १४ फागुन २०८१ १७:५८ | Wednesday, February 26, 2025
हरहर महादेव! (तस्बिरहरू)

काठमाडौँ- आज महाशिवरात्रि। सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा आराधना गरेर महाशिवरात्रि मनाइरहेका छन्।

महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा-आराधना गर्ने परम्परा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो। पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ।

व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ। दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको र बाँकी दुई सयवटा रसिदको भने बेलुकी पूजा गरिने कोषले जानकारी दिएको छ।

 

प्रकाशित: १४ फागुन २०८१ १७:५८ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast