‘डबल ट्रिपल’ बनाउँदै अशोक शर्मा

हिमाल प्रेस १४ फागुन २०८१ १५:१७ | Wednesday, February 26, 2025
‘डबल ट्रिपल’ बनाउँदै अशोक शर्मा

काठमाडौँ- अशोक शर्माले ‘डबल ट्रिपल’ निर्देशन गर्ने भएका छन्। महाशिवरात्रिको अवसरमा शर्माले फेसबुकमा पोस्टर सेयर गर्दै फिल्मको घोषणा गरेका हुन्।

शान बस्न्यातको संवाद रहने फिल्मको कथा र पटकथा लेखनमा निर्देशक शर्माले राजेश सिटौलासँग सहकार्य गरेका छन्। फिल्म कमेडी जनरामा निर्माण हुने टिमले जनाएको छ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सनविक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरवीर पण्डितको अभिनय रहनेछ।

फिल्मको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा छन्। शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्म आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ ।

प्रकाशित: १४ फागुन २०८१ १५:१७ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast