क्षणभरमै सकियो ‘उत्कृष्ट उद्यमी’ सरदको करोडौँको चिया उद्योग

हिमाल प्रेस १४ फागुन २०८१ ९:५१ | Wednesday, February 26, 2025
क्षणभरमै सकियो ‘उत्कृष्ट उद्यमी’ सरदको करोडौँको चिया उद्योग आगलागी हुनुपूर्व र आगलागी हुँदाहुँदैका तस्बिर।

इलाम। इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मंगलबार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ। राति करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले थाह पाएका थिए ।

आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेसिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ।

 नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले दसक यता सञ्चालन गर्दै आएका भएको थियो।

ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आएका थिए। काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित भएका शरदको यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो।

गोरखापत्र अनलाइनबाट

प्रकाशित: १४ फागुन २०८१ ९:५१ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast