‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन

हिमाल प्रेस १३ फागुन २०८१ ६:४२ | Tuesday, February 25, 2025
‘ग्रामर गुरु’ चूडामणि गौतमको निधन चूडामणी शर्मा। तस्बिर : तीर्थ कोइराला फेसबुक

काठमाडौँ-  बृहत्तर नेपाली शब्दकोशका सम्पादक एवं ‘ग्रामर गुरु’ नामले परिचित चूडामणि गौतमको निधन भएको छ। दजनौँ पुस्तकका लेखकसमेत रहेका गौतमको ८२ वर्षमा सोमबार काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।  नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका गरी चार दर्जन पुस्तकका लेखक गुरु मानिन्छन्।

उनले गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी (२०६९), नेपाली–इङलिस डिक्सनरी (२०५८), राम्रो अंग्रेजी बोलचाल अभ्यास (२०५०), गौतम व्यावहारिक नेपाली शब्दकोश (२०७२), विवादित वर्णविन्यासको नेपाली शब्दकोश (२०७३), नेपाली शब्दको दुर्दशा, फूलको माला क्या मज्जा (२०७१), नेपाली शुद्धाशुद्धि ज्ञान (२०७३) लगायतका पुस्तक लेखेका छन्।

अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले भाषाविद्, सुप्रसिद्ध कोशकार गौतमको निधन भएको खबरले आफू निःशब्द भएको बताएका छन्। गौतमले लेखेको अंग्रेजी ग्रामर विद्यालय र क्याम्पससम्मका विद्यार्थीका लागि लोकप्रिय मानिन्थ्यो। त्यसैले उनलाई ‘ग्रामर’ गुरु भनिन्थ्यो। गौतमको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

यो पनि,

क्रियाशील भाषाकै हुन्छ जीवन्त शब्दकोश

प्रकाशित: १३ फागुन २०८१ ६:४२ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast