कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत

हिमाल प्रेस १२ फागुन २०८१ १७:२२ | Monday, February 24, 2025
कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्थानीय तह समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा देउवाले १० जना सदस्य मनोनीति गरेका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम सदस्यहरू मनोनीत भएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति देउवाले समितिका सदस्यहरूमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) मनोनीति गरेका छन्।

प्रकाशित: १२ फागुन २०८१ १७:२२ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast