कुकुरलाई यातना दिएर मारेको भिडियो सार्वजनिक गरे, त्यही प्रमाणमा पक्राउ परे

हिमाल प्रेस १२ फागुन २०८१ ६:२९ | Monday, February 24, 2025
कुकुरलाई यातना दिएर मारेको भिडियो सार्वजनिक गरे, त्यही प्रमाणमा पक्राउ परे जालीमा राखिएको कुकुर। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- यातना दिएर कुकुर मार्ने दुईजना पक्राउ परेका छन्। काठमाडौँको नागार्जुनमा कुकुरलाई यातना दिएर भिडियो खिचेर मार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिता पौडेल छन्।

घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरू बताउँछन्। घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ फागुन २०८१ ६:२९ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast