कोशी र बागमतीमा वर्षा भइरहेको छ, पहाडी क्षेत्रमा दिउँसो पनि हुन्छ : मौसम विभाग

हिमाल प्रेस १२ फागुन २०८१ ६:१० | Monday, February 24, 2025
कोशी र बागमतीमा वर्षा भइरहेको छ, पहाडी क्षेत्रमा दिउँसो पनि हुन्छ : मौसम विभाग फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।देशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १२ फागुन २०८१ ६:१० | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast