काठमाडौँबाट सात बंगलादेशी नागरिक पक्राउ

हिमाल प्रेस ११ फागुन २०८१ १८:१० | Sunday, February 23, 2025
काठमाडौँबाट सात बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँबाट सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। गैरकानुनी रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी रूपमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद आलम मोल्ला, मोहम्मद जहाँगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद अम्दादुल हक, मोहम्मद नसिरउद्दीन र मोहम्मद मोसरफ होसेन होल्दार रहेको उनले बताए।

आचार्यका अनुसार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ परेका उनीहरू भिसा अवधि सकिएर अवैध रूपमा नेपाल बसिरहेका थिए। पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

प्रकाशित: ११ फागुन २०८१ १८:१० | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast