ताप्लेजुङ अपडेट : झडपपछि प्रशासनले जारी गर्‍यो निषेध आदेश

हिमाल प्रेस ११ फागुन २०८१ ७:५९ | Sunday, February 23, 2025
ताप्लेजुङ अपडेट : झडपपछि प्रशासनले जारी गर्‍यो निषेध आदेश

काठमाडौँ- ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएको घटनापछि ताप्लेजुङमा निषेध आदेश जारी गरिएको छ।

थप घटना नघटोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा निषेध आदेश जारी गरेका छन्। अर्को आदेश नभएसम्म ती क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।

शनिबार आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो। झडपमा ११ जना घाइते भएका छन्।

प्रकाशित: ११ फागुन २०८१ ७:५९ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast