काठमाडौँ- अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ। ७८ वर्षीय आनन्दकुमार रायमाझीको शुक्रबार राति किर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पिता बिरामी भएका कारण दिलिप हिजो नै स्वदेश आइपुगेका थिए। पारिवारिक स्रोतका अनुसार आज पशुपति आर्यघाटमा दिलिपको पिताको दाहसंस्कार गरिँदैछ।
प्रकाशित: १० फागुन २०८१ १२:५० | Saturday, February 22, 2025
प्रतिक्रिया




