बालेनले दिए डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा

हिमाल प्रेस ९ फागुन २०८१ ७:३८ | Friday, February 21, 2025
बालेनले दिए डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिएका छन्।

राष्ट्रपति ट्रम्पलाई मेन्सन गरेर सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिएका हुन्।

उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन्।

उनले फेसबुकमा ट्रम्पलाई भनेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो।’

बालेनको भनाइमा नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ। उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै उनीहरू आफैँले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन्।

उनले अमेरिकालगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिएका छन्।

प्रकाशित: ९ फागुन २०८१ ७:३८ | Friday, February 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast