पोखराको फिर्केमा दुर्घटना हुँदा एक महिलाको मृत्यु

हिमाल प्रेस ८ फागुन २०८१ १९:४८ | Thursday, February 20, 2025
पोखराको फिर्केमा दुर्घटना हुँदा एक महिलाको मृत्यु

पोखरा- पोखराको फिर्केमा बिहीबार जिप र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका-११, फूलबारी निवासी ५६ वर्षीया माया गुरुङ हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सिर्जनाचोकदेखि जिरो किमीतर्फ जाँदै गरेको ग ३ च ८९७७ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार गुरुङ गम्भीर घाइते भएकी थिइन्। उनको सिर्जना चोकस्थित मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका स्कुटर चालक २६ वर्षीय मनोज गुरुङ को मेट्रो सिटी अस्पतालमै उपचार भइरहेको छ। मनोज मृत्यु हुने महिलाका छोरा भएको खुलेको छ।

पिकअप भ्यानका चालक स्याङ्जा हरिनास गाउँपालिका वडा १ बस्ने २५ वर्षीय निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

जिप र स्कुटर ठोक्किँदा सोही स्थानमा पार्किङ गरिराखेको ग ७ प ५२७४ नम्बरको स्कुटरसमेत क्षति भएको छ।

दुर्घटनामा परेका तीनवटै सवारीसाधन वडा प्रहरी कार्यालय, बैदामको नियन्त्रणमा छन्।

प्रकाशित: ८ फागुन २०८१ १९:४८ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast